खबर

छुट्टाछुट्टै गतिविधिमा व्यस्त जसपाका नेताहरु

काठमाडौं,जेठ १३, २०७८
पछिल्लो समय नेपालको राजनीतिमा निर्णायक शक्तिको रुपमा उभिएका जनता समाजवादी पार्टी (जसपा) मा स्पष्टीकरणको जुहारी चलेको छ।

जसपामा प्रथम अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै गतिविधि गरिरहेका छन् ।

महन्थ र राजेन्द्र प्रधानमन्त्री ओली निकट छन् भने बाबुराम र उपेन्द्र विपक्षी गठबन्धनमा सक्रिय छन् । महन्थ-राजेन्द्र पक्ष ओली सरकारमा जाने तरखरमा छन् ।

विघटित प्रतिनिधि सभामा ३४ (२ निलम्बित) सांसद रहेको जसपाका बाबुराम-उपेन्द्र पक्ष ओलीलाई सत्ताच्युत गर्न १२ जना सदस्यलाई लिएर अदालतको ढोका ढक्ढकाउन पुगेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button