मूल खबर

झापाको मेचीनगरपालिकाले कोरोना बिरुद्धको खोप किन्ने

१४ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । मेचीनगरबासीका लागि कोरोना बिरुद्ध खोप लगाउन आफ्नै स्रोतबाट खोप किन्न झापाको मेचीनगर नगरपालिकाले संघीय सरकारसंग अनुमति मागेको छ ।

नगरकार्यपालिकाको बैठकले कोरोना बिरुद्धको खोप किनेर नगरबासीसबैलाई लगाउन खोप किन्ने निर्णय गरेको मेचीनगरका प्रमुख बिमल आचार्यले चौतारी पोष्ट अनलाइनलाई बताए ।

‘सरकारले मात्रै किनेर ल्याउन नसक्ने हो भने हामी खोप किन्न तयार छौं’ आचार्यले भने, ‘ नगरबासीको जीवन रक्षाका लागि हामीले हाम्रै स्रोतबाट खोप किन्ने निर्णय गरेका छौं ।’

स्थानीय तहले खोप किन्न पाउने ब्यवस्था संघीय सरकारले नितिगत रुपमा नै गरिदिनु पर्ने उनले बताए। यस अघि खोप लगाएर बाँकी रहेका नगरबासीका लागि नगरपालिकाले आफैं खोप किन्न आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्ने समेत आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button