मूल खबर

दरबार हत्या काण्डको बस्तुनिष्ठ छानबिन् गरी सत्य तथ्य पत्तालगाइयोस— नेपालकालागि नेपाली पार्टी ( प्रेस विज्ञप्ति सहित)

१९ जेठ २०७८
चौतारी पोष्ट अनलाइन
काठामाडौ । नेपालकालागि नेपाली पार्टीले आज एक विज्ञप्ति जारी गर्दै दरबार हत्या काण्डको छानबिनकालागि माग गरेको छ । सो पार्टीका प्रवक्ता विजय मिश्रद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

२० बर्ष अघि आजकै दिनअर्थात वि.सं. २०५८ जेठ १९ गते नेपालको राजदरवारमा अकल्पनीय हत्याकाण्ड भएको थियो । जसमा जनप्रिय राजा बीरेन्द्र बीरविक्रम शहादेवको बंशको नै विनास गरिएको थियो । राजा बीरेन्द्र बीरबिक्रमशहादेव, वडामहारानी ऐश्वर्य राज्यलक्ष्मीदेवीशाह, यूवराजदीपेन्द्र बीरक्रिमशाह, युवराज्ञी श्रुती राज्यलक्ष्मी शाह, यूवराज निराजन शाह लगायत एउटा बंशकै नाश हुनेगरी हत्याकाण्ड भएको थियो । उक्त हत्या काण्डमा दिवङ्गत हुनु भएका सम्पूर्ण राजपरिवार जनमा हार्दिक श्रद्धाञ्जली व्यक्तगर्दै रहस्यको गर्भमा रहेको यो घटनाको सत्यतथ्य छानविन गर्न नेपालकालागि नेपाली पार्टी सरकारसंग जोडदार माग गर्दछ।
नेपालकालागि नेपाली पार्टीले विभिन्न लेखक, विश्लेषक तथा सरकारले यस अघि गठन गरेको आयोगले सार्वजनिक गरेका प्रतिवेदनहरु, लेख तथा टिप्पणीहरुको सुक्ष्मरुपमा अध्ययन र विश्लेषण गर्दा यो घटनामा देशीविदेशी शक्तिको हात रहेको ठहर गरेको छ । विशेष गरेर एकातिर राजा बीरेन्द्रले नागरिकता सम्बन्धी विधेयक सदर नगर्नु, सोनिया गान्धीलाई पशुपतिनाथको दर्शन गर्न प्रतिवन्ध लगाउनु, विदेश परस्त नीति अबलम्बन गर्न अस्विकार गर्नु र मुलुकलाई धार्मिक रुपमा सहिष्णु हिन्दु राज्यहुन् नदिने बिभिन्न चलखेललाई रोक्नु एंवं अर्कोतिर क्रमभङ्ग गरी मुलुकलाई एकीकृत र अखण्डित हुन् नदिने र अस्थिरता कायम गर्न चाहने देशी बिदेशी तत्वहरुको नेपाल र नेपालीको अस्तित्वमाथि नै धावाबोल्ने दुस्कर्म र दुस्चक्रको परिणाम दरबार हत्या काण्ड भएकोे आशंका झन् झन् गाढा बनेको कुरा नेपालकालागि नेपाली पार्टीले महशुस गरेको छ ।
चीनका एक प्रोफेसरले नेपालको राजदरवार हत्या काण्डलाई राजनीतिक घटना भएको र यसका प्रमाणहरु नष्ट गरि सकिएको बताउनुले पनि यसका थप रहस्यहरु बाहिर आउन बाँकी रहेको देखिन्छ । दरबार हत्या काण्ड हुनुभन्दा दुई महिना अघि जनआस्था साप्ताहिक पत्रिकामा छापिएको एउटा लेखमा नेपालमा ठूलो मानिसको हत्या हुँदैछ भनिनु र हत्याकै दिन साँझ ६ बजेतिर स्पेशटाइम्स दैनिकका सञ्चालक जमिम शाहले आफ्नो मिडिया हाउसमागई आज देशमा महत्वपूर्ण घटना हुँदैछ भनि पहिलो पेजमा हाल्न राखिएका समाचारहरुलाई भित्रि पेजमा राखेर पहिलो पेज खाली राख्नु र नभन्दै दरवार हत्या काण्ड भई त्यसको समाचारलाई सबैभन्दा बढी कभर गर्न स्पेशटाइम्स दैनिक सफलभएको देखिएकोले यो यूवराज दीपेन्द्रको प्रेम प्रसङ्गले भएको घटना नभई राजनैतिक उद्देश्यले गराइएको ठहर नेपालकालागि नेपाली पार्टीको रहेको छ ।
पत्रकार मित्रहरु,
दरबार हत्याकाण्डलाई सार्वजनिक गर्न नदिएर विदेशीहरुले नेपालमा आफ्नो निर्देशनमा राज्य सञ्चालन गर्ने जमातलाई राजनीतिमा अगाडी बढाई नेपाललाई सिक्किमीकरण या फिजीकरण गर्ने सम्भावनाहरु देखिएकोले नेपालकालागि नेपाली पार्टी सम्पूर्ण नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरुमा विभिन्न पार्टीको खोल ओढेर पटक पटक सत्तामा पुग्ने र असमान सन्धि, संझौता गरेर नेपालको नदीनाला बेच्ने तथा नेपालमा विदेशीलाई ब्रम्हलुट गर्न दिने विदेशीका सहयोगी कथित नेताहरुबाट सचेत रहन अनुरोध गर्दछ ।
अन्त्यमा नेपालका लागि नेपाली पार्टी आपूm सरकारमा पुगे दरबार हत्याकाण्ड, दाश ढुंगा हत्या काण्ड लगायतका काण्डहरुको बारेमा अनुसन्धान गरी सत्य तथ्यपत्तालगाई दोषीमाथि कार्यबाही गर्ने प्रतिवद्धता जनाउँदे सरकार र नागरिक समाजलाई उक्त हत्याकाण्डको बास्तविकता पत्तालगाउने काममा संवेदनशील भएर लाग्न आह्वान गर्दछ ।
धन्यवाद ।

डा. विजय मिश्र
(प्रबक्ता)

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button