मूल खबर

पत्रकार बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

काठमाडाैं । मन्त्रिपरिषद्को विहिवार साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

कानून व्यवसायीसमेत रहेका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए। काउन्सिलका तत्कालीन अध्यक्ष भवानी बराललाई सर्वोच्च अदालतले कामकाजमा रोक लगाएपछि काउन्सिल कार्यवहाक कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठ र गोपाल बुढाथोकीले चलाउँदै आएका थिए ।

केही समयअघि दुर्गा भण्डारीलाई अध्यक्ष नियुक्त गरिए पनि सर्वोच्च अदालतले नै अन्तरिम आदेश जारी गरेर काम गर्न रोक लगाएको थियो। हाल काउन्सिलको वरिष्ठ सदस्यका हैसियतमा गोपाल बुढाथोकी कार्यवहाक अध्यक्ष छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button