खेलकुद

स्पेन र पोर्चुगलको बराबरी

जेठ २२, २०७८

एजेन्सी – युरोकप तयारीको लागि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा स्पेन र पोर्चुगलले बराबरी खेलेका छन् । वान्डा मेट्रोपोलिटानो म्याड्रिड स्पेनमा शुक्रबार राति भएको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

खेलको २२औं मिनेटमा जोश फोन्टेको कर्नरमा रेनाटो साञ्चेजको हेडरलाई पाउ टोरेसले गोललाइनबाट बचाउँदा पोर्चुगल अग्रता लिनबाट चुक्यो । २७औं मिनेटमा अल्भारो मोराटाको पासमा फेरान टोरेसको हेडर पोस्ट नजिकैबाट बाहिरिदा स्पेन अग्रता लिनबाट चुक्यो । ३७औं मिनेटमा रेनाटो साञ्चेजको पासमा कप्तान क्रिस्टियानो रोनाल्डोले सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

४१औं मिनेटमा रेनाटोले रोनाल्डोलाई दिएको पासमा नेल्सन सेमेडोको प्रहार क्रसबारबाट थोरै आकासियो । ५०औं मिनेटमा मोराटाको प्रहारलाई पेपेले ब्लक गर्दै पोर्चुगलको संकट टारे । ५८औं मिनेटमा मोराटाको पासमा पाब्लो सारावियाले क्लोज रेन्जमा अवसर पाएपनि सदुपयोग गर्न सकेनन् ।

६०औं मिनेटमा डिएगो जोटाले रोनाल्डोलाई दिएको पास डिफ्लेक्ट हुदै क्रसबारबाट थोरै बाहिरिदा पोर्चुगलले अग्रता लिन सकेन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा काउन्टर एट्याकमा जोस गायाले उपलब्ध गराएको पासमा मोराटाले गरेको प्रहार बारमा लागेर फर्कदा स्पेन जितबाट वञ्चित बन्यो ।

युरोकपको तयारीका लागि राष्ट्रहरुले अभ्यास खेलिरहेका छन् । अब स्पेनले अर्काे मैत्रीपुर्ण खेलमा लिथुआनियासँग तथा पोर्चुगलले इजरायलसँग खेल्दैछ । त्यसपछि दुवै टोली युरोकपमा होमिनेछ । स्पेन रहेको समूह ‘ई’ मा स्वीडेन, पोल्यान्ड र स्लोभाकिया तथा पोर्चुगल रहेको समूह ‘एफ’ मा हंगेरी, जर्मनी र फ्रान्स रहेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button