मूल खबर

राजेन्द्र महतोले फेरि भने– नेपाल बहुल राष्ट्रिय राज्य नभएसम्म आन्दोलन भइरहन्छ

२२ जेष्ठ २०७८

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् शहरी विकास मन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महताले नेपाल एकल जातिय राज्य नभइ बहुल राष्ट्रिय राज्य हुन आवश्यक रहेको दोहो-याएका छन्।

शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै नेता महताले नेपाल बहुल राष्ट्रिय राज्य नभएसम्म जनताले संघर्ष र आन्दोलन गरिरहने पनि बताएका छन्।

शनिबार पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत तथा बधाई कार्यक्रममा सहभागी हुन पुगेका नेता महतोले नेपाल विविधताले भरिएको देश भएकाले बहुल राष्ट्रिय राज्य हुनुपर्ने बताए।

एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनको भनाई छ । उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशन समेत दिएका छन् ।

मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराएका छन् । Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button