‘समाचार र विचारको
साझा चौतारी’






रासफोर्डको गोलमा इंग्ल्यान्डको जित


जेठ २४, २०७८

एजेन्सी – युरोकप अघिको अन्तिम तयारी खेलमा इंग्ल्यान्डले रोमानियालाई पराजित गरेको छ । घरेलु मैदानमा इंग्ल्यान्डले रोमानियालाई १–० ले पराजित गरेको हो ।

घरेलु टोलीको जितमा कप्तान मार्कुस रासफोर्डले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गरेका थिए । बल पोसेसनमा पकड बनाएको इंग्ल्यान्डको गोलको लागि दोस्रो हाफमा पेनाल्टीको सहारा लिनुपरेको थियो ।

सब्सिच्युट डिफेन्डर कापुसाले पेनाल्टी बक्समा ज्याक ग्रेयालिसलाई फल गरेपछि रेफ्रीले इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेको थियो । जसलाई टोलीको कप्तानी गरिरहेका रासफोर्डले चुकाएनन् । त्यसको १० मिनेटपछि इंग्ल्यान्डको अर्काे पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन ।

मानियाका कप्तान भ्लाड चिरिचेसले ग्रेयालिस र डोमिनिक काल्भर्ट लेविनलाई फल गरेपछि इंग्ल्यान्डले दोस्रो पेनाल्टी पाएको थियो । तर जोर्डन हेन्डरसनको पेनाल्टीलाई रोमानियाका गोलरक्षक फ्लोरिन निताले बचाउँदै इंग्ल्यान्डको अर्काे गोल टारे । त्यसपछि थप गोल निस्कन नसक्दा इंग्ल्यान्डले जित निकाल्न सफल भयो ।

गत अक्टोवरमा बेल्जियमसँग १–० को हारपछि इंग्ल्यान्डको यो शतप्रतिशत छैटौ जित हो । यसक्रममा इंग्ल्यान्डले आइसल्यान्ड, सान मारिनो, अल्वानिया, पोल्यान्ड र अष्ट्रियालाई पराजित गरेको छ । अब युरोकपमा समूह ‘डी’ मा रहेको इंग्ल्यान्डले १३ जुनमा क्रोएसिया, १९ जुनमा स्कटल्यान्ड र २३ जुनमा चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ ।

गत मार्चमा विश्वकप छनोटमा नर्थ म्यासेडोनियालाई २–१ ले पराजित गरेयता रोमानियाको यो लगतार चौथो हार हो । यसक्रममा रोमानियाले जर्मनी, अर्मेनिया र जर्जियासँग हार बेहोरेको छ । युरोकपमा छनोटमा पर्न असफल रोमानियाले अब आगामी सेप्टेम्वरमा विश्वकप छनोट खेल्नेछ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्