‘समाचार र विचारको
साझा चौतारी’






‘पेनाल्टी नदिएको भए नतिजा फरक हुन सक्थ्यो’ – प्रशिक्षक अब्दुल्लाह


जेठ २५, २०७८

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्ध खेलमा हारको जिम्मेवारी लिँदै खेलबारे आफ्नो अभिव्यक्ति दिएका छन् ।

प्रशिक्षक अलमुताइरीले खेलपछि बोल्दै खेलाडीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको बताए । ‘हारको सम्पूर्ण जिम्मेवारी म लिन्छु । म समर्थकलाई आग्रह गर्न चाहन्छु कि यसको दोष खेलाडीलाई नदिनुहोस । हामीले आफ्नो उत्कृष्ट प्रदर्शन गरेका हौं । हामी सधैं नेपालको लागि नै खेलिरहेका छौं । आउने खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने आशा राखेको छु । हामीले सबै गोल सेट पिसबाट नै खान पुग्यौं,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले पेनाल्टीको निर्णयले गर्दा नै खेलको नतिजा सोचेजस्तो नरहेको संकेत गरे । ‘पहिलो हाफमा हामीले एउटा मात्र गल्ति गर्यौं । सायद त्यो पेनाल्टी नदिएको भए नतिजा पनि फरक हुन्थ्यो होला । हामीले पहिलो हाफमा गरेको सानो गल्तिले जोर्डनले विश्राम लिएर खेल्न पायो । अब हामी होटेलमा पुगेर खेलाडीको अवस्था बुझ्नेछौं,’ उनले थपे ।

प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध अन्तिम खेलमा पनि नेपालले रक्षात्मक रुपमा मात्र नखेल्ने बताए । ‘अष्ट्रेलियाविरुद्ध हामी सन्तुलित खेल खेल्नेछौं । हामीले अघिल्लो खेलमा देख्यौं कुवेतले सबै खेलाडी आफ्नो पेनाल्टी क्षेत्रमा राखेर खेल्यो । त्यस्तो रक्षात्मक खेल खेलेर पनि ३-० को हार बेहोर्यो । म त्यस्तो हार बेहोर्न चाहदिन,’ उनले भने,’हामी हार बेहोरेपनि गर्वसाथ खेलेर मात्र जान्छौं । इज्जतसाथ सन्तुलित फुटबल खेल्नेछौं ।

प्रतिकृया दिनुहोस्