‘समाचार र विचारको
साझा चौतारी’






अर्जेन्टिना बराबरीमा रोकियो


जेठ २६, २०७८

एजेन्सी – अन्तिम समय सम्हालिन नसक्दा दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना कोलम्वियासँग बराबरीमा रोकिएको छ । अर्जेन्टिनाले २–० को अग्रता लिएरपनि जोगाउन नसक्दा घरेलु टोली कोलम्वियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

पहिलो हाफको १० मिनेटभित्रै दुई गोल गरेको अर्जेन्टिनाले त्यसलाई जोगाउन नसक्दा अर्काे बराबरीको नतिजा निकाल्न बाध्य बन्यो । बुधबार बिहान भएको खेलको तेस्रो मिनेटमा नै क्रिस्टियन रोमेरोले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डि पउलको पासमा गोल गरेका थिए ।

आठौं मिनेटमा निकोलस गोन्जालेजको पासमा लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफको सुरुमै गोल गर्दै खेलमा फर्कने संकेत दिए । ५१औं मिनेटमा निकोलस ओटामेन्डीले मेटस युरिवेलाई पेनाल्टी बक्समा एल्वो प्रहार गरेपछि प्राप्त पेनाल्टीमा लुइस मुरिएल चुकेनन् ।

५८औं मिनेटमा कप्तान लियोनेल मेस्सीको फ्रिकिकलाई कोलम्वियाका गोलरक्षक डेभिड ओस्पिनाले पञ्च गर्दै बचाए । ६५औं मिनेटमा मेस्सीकै प्रहारमा ओस्पिना बाधक बने । ७१औं मिनेटमा लुइस मुरिएलले सुवर्ण अवसर खेर फाल्दा कोलम्विया बराबरीबाट चुक्यो । ७७औं मिनेटमा यारी मिनाले प्रहार पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया चुकचुकायो ।

८५औं मिनेटमा लोउटारो मार्टिनेजको क्रसमा कप्तान मेस्सीको हाफ भली प्रहार ओस्पिनाले नियन्त्रणमा लिन नसकेपनि डाभिन्सन साञ्चेजले राम्ररी क्लियर गर्न नसकेको बललाई पालासिओले भेटेपनि सदुपयोग गर्न सकेनन् । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा मिगुएल बोर्जाले जुआन कोर्डाडोको पासमा गोल गर्दै कोलम्वियालाई हारबाट जोगाए ।

बराबरीपछि दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ६ खेलबाट १२ अंक पुगेको छ । कोलम्विया ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्