
३० जेठ २०७८
चौतारी पोष्ट अनलाइन
मेचीनगर ÷ ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर (नेत्र) कार्कीले आफ्नो हस्ताक्षर कसैले कीर्ते गरेको भन्दैं आपति जनाएकाछन् ।
झापाको मेचीनगर—६ काँकरभिट्टामा अव्यवस्थित र फूटफाथरुपमा व्यवसाय गदैं आएका व्यवसायीहरुको समस्या समाधान गर्ने उद्घेश्यले निर्माण भईरहेको संरचनाका विरोधमा विभिन्न संघ संस्थाले जारी गरेको प्रेस विज्ञप्तीको ९ नम्बरमा उनको हस्ताक्षर छ । अध्यक्ष कार्कीले आफ्नो हस्ताक्षर कीर्ते र नक्कली भएको भन्दैं आपति समेत जनाएकाछन्। अध्यक्ष कार्कीले आफ्नो फेसबुक पेजमा नै उक्त प्रेस विज्ञप्तीमा भएको आफ्नो नामको हस्ताक्षर नभएको र कसैले कीर्ते गरेको भन्दैं सार्वजनिक समेत गरेकाछन् ।

‘यो हस्ताक्षर मैले गरेकै होइन, मेरो सक्कली हस्ताक्षर हुर्दै होईन’ —‘मेरो नाममा कसैले नक्कली हस्ताक्षर गरेर कीर्ते गरेको फेला पर्यो यसमा मेरो आपति छ ।’ अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ—‘उपरोक्त सम्बन्धमा यस बसपार्क क्षेत्र अतिक्रमण विरोध अभियान अन्तर्गत विभिन्न संघ संस्थाहरुको सहकार्यको आधारमा पत्रकार सम्मेलन मार्फत जारी भएको हस्ताक्षरमा उल्लेखित ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर (नेत्र) कार्की को हस्ताक्षर म अध्यक्ष नभएको अवस्थामा कहि कतैबाट भुलचुक हस्ताक्षर हुन गएको हुदाँ उक्त हस्ताक्षर मेरो नभएको जानकारी गराउछु । साथै सहि सामाजिक कायृका लागि सदैव उत्तरदायि रहने प्रण गर्दै मेरो साथ सहयोग रहने प्रतिवद्घता समेत व्यक्त गर्न चाहान्छु ।’ जयःशिव शम्भु ।
मेचीनगर—६ काँकरभिट्टामा रहेको बस टर्मिनललाई साघुरो बनाउने गरी नगरपालिकाले टहरा निर्माण गरेको भन्दै दर्जन बढि संघ सस्थाले आपत्ति जनाएका थिए । बसपार्क अतिक्रमण हुनबाट बचाउन सबै सरोकारवाला पक्षसँग आव्हान गर्दै जारी गरिएको विज्ञप्तीमा ट्राभल्स संघ झापाका अध्यक्ष निरबहादुर (नेत्र) कार्कीको समेत हस्ताक्षर थियो । तर, हस्ताक्षर आफूले नगरेको र कसैले गरेको भन्दैं अचम्ममा परेको उनको भनाई छ । ‘ शुरुमा म छलफलमा बसेको थिएँ ।विज्ञप्तीका बारेमा कुरै चलेको थिएन’ अध्यक्ष कार्कीले भने —‘ पछि विज्ञप्ती निकालेर मसँग सम्पर्क गर्ने काम भयो म आफ्नै घरायसी काममा व्यस्त थिएँ ।मेरो संस्थाको नाम लेखिएछ अनि अध्यक्ष भनेर मेरो नाम लेखेर अर्कैले हस्ताक्षर हान्दिएछ ।’
यो धेरै ठूलो त्रूटि भएको उनको भनाई छ । आफुले सञ्चारमाध्यमबाट विज्ञप्तीका बारेमा थाहा पाएको र विज्ञप्तीमा आफ्नो हस्ताक्षर नक्कली भएको थाहा पाउने वित्तिकै सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएको कार्कीको भनाई छ । विज्ञप्तीमा भएको हस्ताक्षर आफ्नो सक्कली हस्ताक्षर नभएर नक्कली भएकाले कसैलाई पनि भ्रममा नपर्न उनले आग्रह गरेकाछन् ।



