खेलकुद

जोकोभिच फ्रेन्च ओपन च्याम्पियन

जेठ ३१, २०७८

एजेन्सी – शीर्ष वरियताका सर्वियन नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको च्याम्पियन बनेको छ । पेरिसमा आइतबार राति भएको खेलमा ग्रीसका स्टेफानोस सिसेपसलाई ३–२ को सेटमा पराजित गर्दै जोकोभिच च्याम्पियन बनेका हुन् ।

सुरुवाती दुई सेट गुमाएपनि धैर्यता नगुमाएको जोकोभिचले त्यसपछिको तीन सेट आफ्ना पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो । जोकोभिचले पाँचौ वरियताका स्टेफानोससँग पहिलो र दोस्रो सेट ६–७ (६–८) र २–६ ले गुमाएको थियो । तर त्यसपछि जोकोभिचले एकपक्षीय प्रदर्शन गर्दै सबै २२ वर्षीय स्टेफानोसमाथि तीन सेटमा ६–३, ६–२ र ६–४ को सहज जित निकाल्यो ।

यससँगै जोकोभिचले दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जितेका छन् । यसअघि उनले २०१६ मा फ्रेन्च ओपन जितेका थिए । जोकोभिचको यो १९ औं ग्राण्डस्लाम उपाधि हो ।

महिलातर्फको उपाधि चेक रिपब्लिककी बारबोराले जितिन् । शनिबार भएको फाइनलमा रुसकी एनास्टासिया फाभ्लुचेन्कोभालाई पराजित गरेकी थिइन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button