खबर

रहेनन् पुराना यातायात मजदुर धनबहादुर पोर्तेल

३१ जेठ २०७८
काँकरभिट्टा । काँकरभिट्टा क्षेत्रका पुराना यातायात मजदुरधनबहादुर विश्वकर्माको आज निधन भएको छ ।उनको आम्दा मेची अस्पताल धुलावारीमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको हो ।

मेची बस व्यवसायी संघ र त्यसभन्दा अघि कनकाई यातायात व्यवसायी संघको समेत यातायात मजदुर रहेका धनबहादुर जीवनको पछिल्लो समयसम्म निरन्तर यातायात क्षेत्रमै उनी आवद्ध रहेका थिए ।

धनबहादुरका पत्नी चन्द्रकला विश्वकर्मा, चार छोराहरु बलबहादुर, हिमाल, पर्वत र दुर्लभ पोर्तेल छन् भने तीन छोरीहरु पवित्रा, युगमाया र रोशनी छन् ।

उनका जेठा छोरा बलबहादुर राष्ट्रिय समाचार समिति झापाका सिनियर कर्मचारी हुन् भने माइलो हिमाल सामाजिक क्षेत्रका युवा अगुवा र साइला छोरा पर्वत कान्तिपुर दैनिकका झापा समाचारदाता हुन् । साइली बुहारी कविता नेपाल परिवर्तन थिएटरकी संस्थापक तथा नाट्यकर्मी हुन् ।

पारिवारिक स्रोतका अनुसार दमका विरामी धनबहादुरलाई स्वास्थ्यमा समस्या आएपछि धुलावारीको आम्दा मेची अस्पतालमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि मेची अस्पताल भद्रपुर लैजाने तयारी हुँदाहुँदै उनको निधन भएको थियो । लामो समयदेखि निरन्तर यातायात क्षेत्रमा कार्यरत श्रमजिवि मजदुर धनबहादुरप्रति चौतारी पोष्ट अनलाइन परिवार हार्दिक श्रद्धाञ्जलि अपर्ण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button