
२ असार २०७८
चौतारी पोष्ट अनलाइन
बाहुण्डाँगी । झापा मेचीनगर २ को बाहुनडाँगीका खगेन्द्र दाहाल अहिले गाईको १० दिने काजकिरिया बारेर बसेकाछन् , आजको चौतारी संवादमा हामीले दाहालसँग गरेको कुराकानी प्रस्तुत गरेकाछौँ । दाहालले आफैले पालेको गाईको आठ दिन अघि ग्वालीमा बाँधेकै अवस्थामा मृत्यु भए पछि १० दिने काजकिरियामा बसेको बताए ।
‘गाइ ब्याएको १० दिनको दिन मर्यो’ दाहालले भन्नुभयो, ‘परिवारकै सदस्यको मृत्यु भए जस्तो लाग्यो त्यसै १० दिनसम्म काजकिरिया गर्ने सोचेर बसेको छु ।’
सुत्केरी अवस्थामा नै गाइको मृत्यु भएकाले निक्कै दुःख लागेको उनले बताए । ‘आज ९ दिन भयो’ उनले भने, ‘१० दिनको दिन पुरोहित बोलाएर बिधि पुर्वक काजकिरिया सम्पन्न गर्छु ।’ आफुले कोरामा बसेर नै बारे र श्रीमतीले बाहिर बसेर एक छाकी खाएर बारेको उनले बताए ( हेरौँ दाहालसँग गरिएको यो कुराकानी आजको चौतारी संवादमा) ।



