असार ४, २०७८
एजेन्सी – कोपा अमेरिका कपमा कोलम्विया र भेनेजुएलाले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फाल्दा खेल गोलरहितर बराबरीमा टुंगिएको हो ।
स्टेडियो ओलिम्पिको पेड्रो लुडोभिको टेइसेरिया ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि फिनिसिङमा चुक्दा कोलम्विया बराबरीमा रोकिन बाध्य बन्यो । खेलको दोस्रो मिनेटमा नै मेटस युरिवेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया अग्रता लिनबाट चुक्यो । चौथो मिनेटमा डुभान जापटाको प्रहारलाई भेनेजुएलाका गोलरक्षक विकेर फारिनेजले बचाए ।
२३औं मिनेटमा इडविन कार्डाेनाको प्रहारमा गोलरक्षक फारिनेज नै बाधक बने । २८औं मिनेटमा भेनेजुुएलाका लुइस डेल पिनोको प्रहार गतिलो हुन सकेन । दोस्रो हाफको शुरुमै यारी मिनाको हेडर आकासिदा कोलम्वियाले अग्रता लिन सकेन । ६६औं मिनेटा जुआन कोर्डाडोको पासमा ड्यानियल मुनोजको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।
इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुइस डियाज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्विया १० खेलाडीमा सीमित बन्यो । कोलम्वियाले ६६ प्रतिशत बल पोसेसन राख्दै भेनेजुएलाको पोस्टमा २३ पटक आक्रमण बुनेपनि गोलरक्षक विकेर फारिनेजले लगातार बचाउ गर्दा खेल गोलरहित बराबरीमा टुंगियो ।
यो बराबरीसँगै समूह ‘बी’ मा अपराजित रहेको कोलम्वियाले दुई खेलबाट ४ अंक जोडेको छ । भेनेजुएलाले पहिलो अंक जोड््दै तेस्रो स्थानमा उक्लिएको छ । केही बेरमा ब्राजिल र पेरु खेल्दैछ ।hamrokhelkud/from



