खबर

दार्जिलिङको टकभर जामुनीबाट निखोज दुई बालिका मालदाबाट सकुशल उद्धार

दार्जिलिङको टकभर जामुनीबाट निखोज दुई बालिका मालदाबाट सकुशल उद्धार
जुन 18, 2021

दार्जिलिङ : दार्जिलिङको टकभर जामुनीबाट निखोज भएका दुईजना नाबालिकालाई पुलिसको सहयोगमा मालदाबाट सकुशल उद्धार गरेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार गत राति दार्जिलिङको टकभर जामुनीस्थित घरबाट दुईवटी नाबालिका लगभग 13 वर्ष उमेर भएको रिया र रूबी हराएपछि शिशु तस्करहरूको हातमा परेको हुनसक्ने डरले सबैलाई सताइरहेको थियो। उक्त घटनाबारे जानकारी पाएपछि डीआईजी निलु शेर्पाको विशेष पहलमा विभिन्न थानाहरूलाई यसबारे सूचित गरेपछि छानबीन गर्दै अन्तमा मोबाइलको लोकेसन ट्र्याक गरेपछि बङ्गाल तथा कोलकाता पुलिसले तिनीहरूलाई मालदाबाट सकुशल उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार यी दुवै नाबालिकालाई सकुशल उद्धार गरिएको बताइएको छ।

नक्सलबारी नन्दलाल गाउँका 70 विपन्न परिवारलाई खाद्यान्न सामग्री प्रदान


जुन 18, 2021

मिरिक: मानव सेवा नै माधव सेवा हो। मानव मानवको निम्ति काम लाग्नु पर्छ भन्ने उद्देश्य राखेर आज अन्तर्राष्ट्रिय मानव अधिकार परिषद दार्जीलिङ जिल्ला बोर्डका अध्यक्ष कृष्ण छेत्री, सचिव- हेमन्ता काफ्ले अनि कोषाध्यक्ष अमृत योन्जनको विशेष पहलमा तराईको नक्सलबारी क्षेत्रको देउमुनि बिकास नगर नन्दलाल गाउँका 70 जना विपन्न परिवारहरुलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गरियो। परिषदको कोर कमिटीको निजी पहलमा खाद्यान्नको व्यवस्था गरिए पछि सेवाको भावना राखेर उक्त गाउँका नागरिकहरुलाई कोर कमिटीका पदाधिकारीहरुको बिशेष उपस्थितिमा सामग्री वितरण गरिएको अध्यक्ष कृष्ण छेत्रीले बताए।
चिया श्रमिकहरूलाई मास्क, सेनिटाइजर, फल तथा प्याकेट लञ्च वितरण


जुन 18, 2021

सुकेपोखरी : हिल तृणमूल कङ्ग्रेस जोरबङ्लो सुकेपोखरी खण्ड समिति अध्यक्ष एसके राई तथा जिल्ला संयोजक एनबी खवासको निर्देशनमा पार्टीको श्रमिक सङ्गठन चियाकमान तृणमूल मजदुर युनियन नागरी फार्म शाखाद्वारा चिया श्रमिकहरूलाई मास्क, सेनिटाइजर, फल तथा प्याकेट लञ्च वितरण गरियो। यस अवसरमा श्रमिक सङ्गठन शाखा सभापति सुवास सुन्दास, सचिव पार्थक दियाली, नागरी-धजे समष्टि महासचिव अरूण प्रधान तथा अन्य उपस्थित थिए।

बिदुर राई फाउन्डेशनको तर्फबाट वृद्धाश्रमका असहायहरूलाई खाद्य सामग्रीहरू वितरण


जुन 18, 2021

कालेबुङ: गोजमुमो बिनय पन्थी कालेबुङ जिल्ला युवा मोर्चाका दिवङ्गत अध्यक्ष बिदुर राईको जन्मदिनको विशेष अवसरमा आज बिदुर राई फाउन्डेशनको तर्फबाट वृद्धाश्रमहरूमा रहेका वृद्ध-वृद्धा तथा असहायहरूलाई खाद्यान्न सामग्री प्रदान गरियो। विकास राईको अगुवाईमा कालेबुङ नगरपालिका वार्ड नम्बर 1 का पार्षद कुणाल प्रधान लगायत फाउन्डेसनका अन्य सदस्यहरूले कालेबुङ 12 माईलस्थित हु केयर्सद्वारा सञ्चालित वृद्धाश्रम `जोयस होम´ मा पुगेर वृद्ध-वृद्धाहरूसँग भेट गरेर खाद्यान्न सामग्री तथा अन्य आवश्यकीय सामग्रीहरू प्रदान गरे।

यसरी नै फाउन्डेसनले ईस्टमेन रोडस्थित सिलोम होस्टेलमा गएर खाद्यान्न सामग्रीहरू प्रदान गरे। सामजिक कार्यहरूमा सदैव अघि रहने स्वर्गीय बिदुर राईको भिजन अनि सोंचलाई तिनको मृत्युपछि पनि दिगो राख्नलाई `बिदुर राई फाउन्डेसन´ गठन गरिएको बताइएको हो। हाल फाउन्डेसनले कोभिडको महामारीलाई ध्यानमा राखेर सामाजिक कार्यहरू गरिरहेको छ भने आज तिनै स्वर्गीय बिदुर राईको जन्मदिन परेको हुँदा तिनको स्मरणमा खाद्य सामाग्रीहरू वितरण गरेको फाउन्डेसनले जनाएको छ।siliguritimes/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button