खेलकुद

डिपाए बार्सिलोनामा अनुबन्धित

असार ६, २०७८

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले डच तथा फ्रेन्च क्लब लियोनका फरवार्ड मेम्फिस डिपाएलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले २७ वर्षीय फरवार्डलाई फ्रि ट्रान्सफरमा दुई वर्षको लागि अनुबन्ध गरेको हो ।

सम्झौता अनुसार उनी सन् २०२३ को सिजनको अन्त्यसम्म बार्सिलोनामा रहने छ । उनको बार्सिलोनामा सम्झौता लियोनमा सम्झौता सकिएपछि (३० जुन) पछि शुरु हुनेछ । बार्सिलोनाले गत सिजनको दुई ट्रान्सफर बजारमा डिपाएलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो ।

तर, त्यतिबेला दुवै क्लबबीच सहमति जुट्न सकेको थिएन । लियोनले गत सिजन डिपाएको लागि गत समरमा २० मिलियन युरो र जनवरीमा १० मिलियन यृरो माग गरेपनि बार्सिलोनाले आर्थिक मन्दीका कारण डिपाएलाई अनुबन्ध गर्न सकेको थिएन । अन्ततः फ्रि ट्रान्सफरमा डच प्रशिक्षक रोनाल्ड कोम्यानकोे रोजाईका फरवार्डलाई नयाँ सिजनमा अनुबन्ध गर्न सफल भएको हो ।

नयाँ सिजनको लागि बार्सिलोनाको यो चौथो अनुबन्ध हो । बार्सिलोनाले यसअघि इंग्लिस क्लब म्यानचेस्टर सिटीका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो, स्पेनिस सेन्टर ब्याक एरिक गार्सिया र स्पेनिस क्लब रियल बेटिसका ब्राजिली राइट ब्याक इमर्सनलाई रोयललाई अनुबन्ध गर्न सफल भएको थियो । अगुएरो र गार्सिया फ्रि ट्रान्सफरमा तथा इमर्सनलाई ९ मिलियन पाउन्ड खर्चिएको थियो ।

डिपाए अनुबन्धको लागि इटालियन क्लब युभेन्टस र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि चासो देखाएका थिए । डिपाए अहिले युरोपेली च्याम्पियनसिपमा व्यस्त रहेका छन् । उनको डच (नेदरल्यान्ड) को टोली एक खेल बाँकी छँदै समूह ‘सी’ को विजेताको रुपमा १३ वर्षपछि नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

डिपाएले लियोनका लागि गत सिजन ४० खेल खेल्दा २२ गोल र १३ असिस्ट दिएका थिए । उनी २०१७ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लियोन पुगेका थिए । लियोनमा पाँच सिजन बिताउँदा उनले १७८ खेलमा ७६ गोल गरेका छन् । उनको उच्च प्रदर्शनका बावजुत लियोन फ्रेन्च लिग वानमा शीर्ष चारमा रहँदा युरोपा लिगको लागि छनोट भएको छ ।hamrokhelkud/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button