मूल खबर

राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको प्रमुख संकट: डा. बाबुराम भट्टराई

६ असार २०७८

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीहरुलाई आमूल रूपान्तरण गर्ने आँट गर्नुपर्ने बताएका छन्।

राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको बताउँदै उनले सामाजिक सञ्जालमार्फत कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘भनिन्छ-टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीति/दल/नेतृत्वको स्खलन नै हो। कांग्रेस ‘कांग्रेस’ नरहनु; कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु; समाजवादी ‘समाजवादी’ नरहनु ! कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं ! नत्र समयले कसैलाई पर्खन्न है!’ Ratopati News/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button