
६ असार २०७८
चौतारी पोष्ट अनलाइन
विर्तामोड । मेचीमहाकाली बुहारी संयुक्त आवाजले विर्तामोड नगरपालिका–७ खालबारीका मुसहर बस्तीका २४ घरपरिवार र २ जना अपाङ्गलाई राहत तथा सहयोग वितरण गरेको छ ।
लामो समयको लकडाउनका कारण मजदुरी गरीखाने वर्ग प्रभावित भएका बेला बुहारीहरुले चामल, दाल, तेल, नुनलगायतका उपभोग्य सामग्री राहतस्वरुप वितरण गरेका हुन्
मेचीमहाकाली बुहारी संयुक्त आवाजका केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा, उपाध्यक्ष चन्द्रा काफ्ले र झापा संयोजक शिखा खड्का गणेशको अगुवाई तथा नेतृत्वमा राहत सामग्री वितरण गरिएको हो । राहत प्राप्त गर्ने मुसहर बस्तीका स्थानीयले बुहारीहरुको सहयोगप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

संस्थाका सल्लाहकार, आजीवन, साधारण तथा कार्यसमिति सदस्यहरुको स्वतस्फूर्त सहयोगमा ५० हजार मूल्य बराबरको राहत वितरण गरिएको झापा संयोजक गणेशले जानकारी बताईन।
राहत वितरणमा संस्थाका झापा उपाध्यक्ष गंगा भट्टराई , कोषाध्यक्ष पर्मिला सुवेदी, सह सचिब अम्बिका दाहाल गिरी, सदस्यहरु सिमा अधिकारी, कमला भट्टराई, अर्चना ढकाल, निलम प्रसाइ, निरु भट्टराई लगायतको सहभागिता रहेको थियो । राहत वितरणका लागि सहयोग पु¥याउने केन्द्रीय समिति, सल्लाहकार, आजीवन, साधारण तथा कार्यसमितिका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष खड्काले संस्थाले महिला अधिकारको रक्षाका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराईन ।



