
असार ९, २०७८
एजेन्सी – बेल्जियम र रियल म्याड्रिडका इडन हाजार्डले पूर्व सहकर्मी सर्जियो रामोसको प्रशंसा गर्दै अझै केहि वर्ष उनले माथिल्लो स्तरमा फुटबल खेल्ने विश्वास व्यक्त गरेका छन् ।
हाजार्ड र रामोसले सन् २०१९ देखि दुर्य वर्ष रियलमा सँगै खेलेका थिए । रियलका पूर्व कप्तान रामोससँग खेल्दा कति आनन्द हुन्थ्यो भन्ने विषयमा पनि हाजार्डले बताएका छन् । ‘म उनलाई शुभकामना दिन चाहन्छु’, युरो कपमा फिनल्यान्डसँगको खेल अघि हाजार्डले भनेका थिए, ‘उनीसँग खेल्दा मलाई आनन्द महसुस हुन्थ्यो । हामीले दुई वर्षसँगै खेल्यौं । उनी नेता हुन् ।’
हाजार्डका अनुसार माथिल्लो स्तरमा व्यसायिक फुटबल खेलेका रामोस अहिले टुंगने क्रममा नरहेको बताएका छन् । ‘उनले अझ धेरै गोल गर्न बाँकी छ । फुटबल इतिहासका उनी उत्कृष्ट रक्षक मध्येका एक हुन्’, उनले भने, ‘मलाई विश्वास छ उनले आफ्नो खेल जीवनलाई अझै अघि बढाउने छुन् ।’
चेल्सीबाट रियल पुगेयता चोटका कारण उनी लामो समय मैदान बाहिर रहे । हाजार्डले गोलीगाँठाको अवस्था पुरानै अवस्थामा छ वा छैन आफूलाई थाहा नभएको बताए । ‘मलाई आफ्नो स्तरमा कहिल्यै शंका थिएन । मलाई थाहा छ मैदानमा के गर्न सक्छु भन्ने’, उनले अन्त्य गरे, ‘दश वर्ष अघि जस्तै गोलीगाँठाको अवस्था उस्तै छ छैन मलाई थाहा छैन । जीवन यहि हो ।’hamrokhelkud/from



