
१३ असार २०७८
नेपाल समाचारपत्र, काठमाडौं ।
दलित भएकै कारण कोठा भाडामा नदिने’भनीआरोप सहिरहेकी सरस्वती प्रधानको सम्बन्ध खेलकुदसँग गाँसिएको छ । स्कुलजीवनदेखि नै फुटबलमा लागेकी प्रधान महिला राष्ट्रिय फुटबल टिमकी सदस्यसमेत हुनुहुन्थ्यो । उहाँ हाल अखिल नेपाल फुटबल संघ ९एन्फा० मा कर्मचारी हुनुहुन्छ ।
खेलकुद जगत्मा सामान्यतः राजनीतिक, सामाजिक, जातिगतविभेद हुन्न । नेपाली र खेलाडी विशेषण मात्र हुन्छ । विभिन्न जातजातिलाई एउटै गरेर बस्ने थलो खेलकुद जगत्मा रहेकी प्रधान त्यस्तै जाति विभेदका कारण अप्ठ्यारोमा पर्नुभयो । जातिविभेद गरेकी भनेर उजुरी दिएपछि तीन दिन सम्म उहाँ प्रहरीको हिरासतमा रहनुभयो ।प्रधानसँग खेलकुदमा जोडिएका दलित तथा गैरदलित सदस्यहरूले एउटै टिप्पणी गरेका छन्– को दलित को गैरदलित, को कुन दल र कुन पार्टीको, को मधेसी र पहाडी, कसको जात के केही हेरिएन, सरस्वतीले पनि कहिल्यै कुनै प्रकारको विभेद देखाउनु भएन भनेका छन् । एक दलित खेलाडीले भने, ‘एउटै बोतलबाट कतिपटक पानी खाइयो, उहाँले तिमी दलित, म पानी खान्न भन्नु भएन । एन्फामा विभिन्न जातका व्यक्तिले काम गरिरहेका छन् । उहाँले कसैलाई तिमीतल्लो जात म माथिल्लो जातभनेर विभेद गरेको देखिएको छैन । उहाँको बारेमा यस्तो आरोप लाग्नु अचम्मकै कुरा हो’ –एक पुराना कर्मचारीले बताए ।नेपाली राष्ट्रिय यु–१६ महिला फुटबल टिमसँग व्यवस्थापन सदस्यका रूपमा केहीवर्ष अघि भुटान गएको स्मरण गर्दै नेपाली टिमकी खेलाडी सावित्री किसानले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘म्याम एकदमै मित्रभाव राख्ने व्यक्ति हुनुहुन्छ । हामीलाई कहिल्यै नराम्रो व्यवहार गर्नुभन । उहाँले हामीलाई धेरै हेरचाह पनि गर्नुभयो । बिरामीपर्दा शरीर छोएरै हेरचाह गर्नुभयो । उहाँले हामीलाई विदेशमा पनि आमाले जस्तै माया दिनुभयो ।’
महिला यु–१६ टिमकै अर्की खेलाडी अस्मिता रामपालको टिप्पणी पनि त्यस्तै थियो– ‘म्यामबारे कुरा सुन्दा म त अचम्मै भएँ । म्यामले हामीलाई धेरै माया गर्नुहुन्छ । उहाँले कतै पनिआभास दिनु भएन कि हामी घर भन्दा टाढा छौं भनेर । उहाँ हामीसँगै खानुहुन्छ र एउटै बोतलको पानी समेत शेयर गर्नुहुन्छ । सन्चो नहुँदासमेत हेरचाह गरिदिनुहुन्छ । म्यामले कति पटक घरबाट हामीलाई साधारण खाने कुरासमेत ल्याइदिनु हुन्छ । एकदमै मायालु स्वभावको व्यक्तित्व हुनुहुन्छ । उहाँले भेदभाव गर्नुहुन्न, मेरो विश्वास छ ।’नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका एक खेलाडीले पनि नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो– ‘उहाँ मैले सानैदेखि चिनेकी दिदी हुनुहुन्छ । उहाँ शालीन व्यक्ति हो । नराम्रो व्यवहार उहाँको छैन । तर, यो कुरा आउँदाम स्तब्ध भएँ । उहाँले सबै खेलाडीलाई माया गर्नु भएको छ । भेदभाव पटक्कै गर्नुभएन ।



