
१८ असार २०७८
चौतारी पोष्ट अनलाइन
गौरादह ।झापाको गौरादह नगरपालिका स्थित डोरामारी खोलामा आएको बाढीका कारण गौरादह नगरपालिका वडा नं ५ स्थित स्कूलचौन बजार डुबानमा परेको छ । हाम्रा सहयोगी गोविन्द फुयाँलका अनुसार रातभरी परेको मुसलधारे वर्षाका कारण खोलामा आएको बाढीका कारण बजार डुबानमा परेको हो । उनका अनुसार खोला नजिकको जग्गा भिट्टा बनाउने क्रममा माटो मिलाउँदा थप समस्या भएको उनले बताए । यो समाचार तयार पार्दा सम्म स्कूलचौन बजारको अवस्था र खोला आसपासको क्षेत्रको अवस्था यस्तो रहेको छ ।



