खबर

विद्युत्गृह बन्द हुँदा रसुवाका गाउँ अन्धकार

काठमाडौं ,असार २०, २०७८
राष्ट्रिय प्रशारण लाइन बिग्रीएका कारण चिलिमे विद्युत् केन्द्र बन्द गर्नुपर्दा रसुवाका दर्जनौँ गाउँ अन्धकार भएका छन्। धुञ्चेको ब्रावल डाँडाँमा राष्ट्रिय प्रशारणको तार आज दिउँसोदेखि बिग्रीएको र मर्मत हुन नसक्दा उत्तरी रसुवा अन्धकार भएको हो।

प्रशारण लाइन मर्मतका लागि दक्ष जनशक्ति पठाइदिन केन्द्रीय स्तरमा अनुरोध गरिएको र धुञ्चे ब्रावलको अलावा अन्य स्थानमा रहेका टावरको अवस्था समेत विद्युत् प्राविधिकद्वारा अनुगमन भइरहेको नेपाल विद्युत् प्राधिकरण रसुवा शाखाका प्रमुख प्रेमबहादुर भण्डारीले जानकारी दिए।

यसरी विद्युत् प्रभावित हुने क्षेत्रहरूमा कालिका–१, उत्तरगया–१, गोसाइँकुण्ड गाउँपालिकाका छ वडा र आमाछोदिङ्मो गाउँपालिकाको पाँच वडा रहेको प्रमुख भण्डारीले बताए। नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button