खबर

पहिरोलो बाटो अवरुद्ध

२० असार २०७८
ललितपुर । धादिङको गल्छी गाउँपालिका वडा नं ४ मस्टरदेखि ताम्सालिङ सम्म जोड्ने बाटो अवरुद्ध भएको छ । स्थानीय दीपक रेग्मीका अनुसार गए राति परेको मुसलधारे वर्षाका कारण सो बाटो अवरुद्ध बनेको छ भने अहिले आवत जावतमा समस्या भएको रेग्मीले बताए ।

उनका अनुसार मस्तरदेखि ज्यामिरे हुदै ताम्सालिङ जोड्ने बाटोमा पहिरो जानाले ठाउँठाउँमा बाटो अवरुद्ध भएको हो। मुसलधारे वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेर अहिले सो स्थानमा आवत जावतमा कठिन भएको रेग्मीले चौतारी पोष्ट अनलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button