खेलकुद

फुटबल अभ्यासका लागि जनसंसदका प्रधान सम्पादक पौडेलको सहयोग

२४ असार २०७८

काँकारभिट्टा। झापाको काँकरभिट्टाबाट प्रकाशित जनसंसद् दैनिकका प्रधानसम्पादक मुक्ति पौडेलले खेलकुद क्षेत्रको विकासका लागि आर्थिक सहयोग गरेका छन् ।

कोरोना महामारीका कारण स्थगित धुलाबारी फुटबल एकाडेमीको फुटबल अभ्यास पुनः सञ्चालन गर्न ५ हजार रुपैयाँ सहयोग गर्नु भएको कोच सचिन धिमालले बताए । खेल सामाग्री अभावका कारण अभ्यास खेलहरु हुन नसकेको अवस्थामा आफूले केही सहयोग गरेको पत्रकार पौडेलले बताए ।

नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले विगतदेखि धुलाबारी फुटबल एकाडेमीले खेल अभ्यास गराउँदै आएको छ । इच्छुक विद्यार्थी खेलाडीलाई धुलाबारी माविको खेल मैदानमा अभ्यास गराइन्छ । कोच धिमालका अनुसार खेल सामग्री अभाव हुँदा बेला(बेला समस्या हुने गरेको बताए ।

धुलाबारीमा नियमित खेल अभ्यास गराइँदा त्यहाँबाट उत्पादित खेलाडीले जिल्ला तथा क्लब स्तरका ठूला प्रतियोगिताहरु जितेका छन् । फुटबलमा धुलाबारीको कुनै बेला देशकै उत्कृष्ट प्रदर्शन हुने गर्दथ्यो । पछिल्लो समय रोलिङ क्लब धुलाबारीले प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिता धुलाबारीमा सम्पन्न गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button