मूल खबर

एमालेका नेता प्रसाईको सवारी दुर्घटनामा निधन

२५ असार २०७८

विर्तामोड ।झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परि निधन भएको छ । चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परि निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । प्रसाई बिर्तामोडबाटआफै बा १६ च ८१८२ नं को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटा चोकस्थित देवकोटाको शालिक कम्पाउण्डको वालमा ठोक्किएर दुर्घटनामा परेको जनाईएको छ ।उपचारको क्रममा उनको अञ्चल अस्पतलमा निधन भएको हो । प्रसाई बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको श्रीमान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button