खेलकुद

कोलम्वियाविरुद्ध पेरुलाई अग्रता

असार २६, २०७८

एजेन्सी – कोपा अमेरिका कपको तेस्रो स्थानको लागि भइरहेको खेलको पहिलो हाफमा पेरुले कोलम्वियाविरुद्ध अग्रता लिएको छ ।

ब्राजिलस्थित ब्रासिलिया डिस्ट्रिटो फेडरलमा शनिबार बिहान भएको खेलको पहिलो हाफको अन्त्यतिर योसिमार योटनले गोल गर्दै पेरुलाई अग्रता दिलाएका हुन् । ४४औं मिनेटमा क्रिस्टियन कुइभाको पासमा अनमार्क रहेका उनले सहज गोल गरेका थिए ।

जारी कोपमा उनको यो दोस्रो गोल हो । उनले यसअघि क्वाटरफाइनलमा पाराग्वेविरुद्ध गोल गरेका थिए । खेलमा बल पोसेसन कोलम्वियाले बनाएपनि फिनिसिङ गर्न सकिरहेको छैन ।

त्यसअघि खेलको पाँचौ मिनेटमा योसिमार योटनको प्रहार बाहिरिदा पेरु अग्रता लिनबाट चुकेको थियो । नवौ मिनेटमा ओस्कार मुरिल्लोले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा कोलम्वियाले अग्रता लिन सकेन । २७औं मिनेटमा जियानलुका लापाडुलाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पेरुले अग्रता लिन सकेन ।

३२औं मिनेटमा कोलम्वियाका लुइस डियाजले अवसर खेर फाले । ४४औं मिनेटमा यारी मिनाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया अग्रता लिनबाट चुक्यो । त्यसमै गोलरक्षकले रिलिज गरेको बललाई काउन्टर अट्याकमा अघि बढाएपछि क्रिस्टियन कुइभाको पासमा योसिमार योटनले गोल गर्न सफल भएका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button