असार २९, २०७८
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको एकेडेमीका युवा खेलाडी अर्काे स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धित भएका छन् ।बार्सिलोनाका युवा टोलीका कप्तान समेत रहेका फरवार्ड जाउमे जार्दी रियल म्याड्रिडमा आबद्ध भएका हुन्।
उनले रियलमा ४ वर्षको सम्झौता गरेका छन् । रियल आफ्नो टोली निर्माणको लागि युवा परियोजनामा गम्भीर देखिएको छ। जाउमे अनुबन्ध पनि यसको एक उदाहारण हो । रियलको एकेडेमीका सर्जियो एरिवास, मिगुइल गुइटेरेज, एन्टेनियो ब्लान्को र मार्भिन पार्क जस्ता प्रतिभावान युवा खेलाडी रहेका छन् । उनीहरुले रियलको पहिलो टोलीमा प्रशिक्षणसँगै खेलिसकेका छन् ।
१९ वर्षीय जाउमे रियल पुग्ने पछिल्लो खेलाडी हुन् । बार्सिलोनामा उनको सम्झौता ३० जुनमा सकिएको थियो । त्यसपछि बार्सिलोनामा उनको सम्झौता हुन सकेको थिएन । रियलले त्यसकै फाइदा उठाउदै उनलाई क्लबमा अनुबनध गरेको हो । बार्सिलोनाको एकेडेमीमा हुर्किएका उनलाई हस्ताक्षर गर्न रियलले कुनै खर्च गर्नुपरेन ।
जाउमे जार्दी गत सिजन बार्सिलोनाको युथ लेभलको सर्वाधिक गोलकर्ता रहेका थिए । उनले गत सिजन ९ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए । यस्तै रियलले १८ वर्षीय जाभियर भिल्लारलाई पनि टोलीमा अनबुन्ध गरेको छ । उनी सिरी ‘ए’ च्याम्पियन इन्टर मिलानका गोन्जालो भिल्लारका कान्छा भाई हुन् । उनलाई इन्टरले पनि चाहेका थिए ।hamrokhelkud/from



