खबर

कोभिड अस्पतालमा भीषण आगलागी, झण्डै ५० संक्रमितको मृत्यु

२९ असार २०७८
newsofnepal
इराकको कोभिड अस्पतालमा आगो लाग्दा झण्डै ५० जना संक्रमितको ज्यान गएको छ। नसिरिया सहरको अल–हुसेनअस्तपतालको आइसोलेसन वार्डमा आगो लाग्दा संक्रमितहरुको मृत्यु भएको बिबिसीले जनाएको छ।

आगलागी हुनुको कुनै कारण स्पष्ट नभएपनि रिर्पोट अनुसार अक्सिजन ट्याङक विस्फोट हुँदा सो क्षती भएको हो।

इराकका प्रधानमन्त्री मुस्तफा अल–कधिमिले अस्पताल प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्।

स्वास्थ्य कर्मचारीहरुका अनुसार आगो लाग्दा झण्डै ६३ जना मानिसहरु अस्पताल भित्र थिए। नयाँ आइसोलेसन वार्ड जुन तीन महिना अगाडिमात्र तयार भएको थियो, त्यहाँ ७० वटा बेड छ।

यस अघि पनि बग्दादको एक अस्पतालमा अक्सिजन ट्याङक पड्केर ८२ जनाको ज्यान गएको थियो भने ११० जना घाइते भएको थियो। यो घटना पछि स्वास्थ्यमन्त्री हसन अल–तामिमिले राजिनामा दिएका थिए।

यराकमा हालसम्म १४ लाख मानिसहरु कोरोना संक्रमित भएका छन् भने १७ हजार भन्दा बढिको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button