खेलकुद

रियलले एसी मिलानसँग खेल्ने

असार ३०, २०७८

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले प्रि–सिजनमा इटालियन क्लब एसी मिलानसँग मैत्रीपुर्ण खेल खेल्ने भएको छ । रियलले २०२१–२२ को प्रि–सिजनमा मिलानसँग मैत्रीपुर्ण खेल खेल्ने तय भएको जनाएको छ ।

मैत्रीपुर्ण खेल अष्ट्रिया क्लागेनफर्टस्थित वर्थहर्सी स्टेडियममा ८ अगस्टमा हुनेछ । यस मैत्रीपुर्ण खेलमा लागि युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कपमा समावेश खेलाडीहरु पनि समावेश हुनेछन् । उनीहरु यसै साता रियलको प्रशिक्षण क्याम्पमा जोडिने बताइएको छ ।

कार्लाे एन्सेलोट्टीको नेतृत्वमा रियलले आफ्नो पहिलो मैत्रीपुर्ण खेलमा स्पेनको तल्लो डिभिजनको फुएनलाब्रादालाई ३–१ ले पराजित गरिसकेको छ । यस्तै रियलले स्टेभेन जेरार्डको रेन्जर्ससँग पनि आइब्रक्स स्टेडियममा खेल्ने यसअघि नै तय छ ।

त्यसपछि रियलले ला लिगामा १४ अगस्टमा एलाभेससँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछन् । यसपटक रियलले भर्सटाइल अष्ट्रियाका डेभिड अलाबालाई जर्मन क्लब बायर्न म्युनिखबाट फ्रि एजेन्टमा अनुबन्ध गरेको छ । क्लबका सबैभन्दा अनुभवी डिफेन्डर सर्जियो रामोसलाई गुमाएको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button