
४ साउन २०७८
चौतारी पोष्ट अनलाइन
बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिका एक हप्ताका लागि सिल गरिने भएको छ ।
मंगलबार((भोली)देखि राति १२ बजेबाट १२ गते मंगलबार राति १२ बजेसम्मका बुद्धशान्ति गाउँपालिकाका सबै वडा सिल गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।
चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एकहप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय भएको पालिका प्रमुख भुजेलले बताए ।
पालिका प्रमुख भुजेलका अनुसार गाउँपालिका बासीलाई माइकिंग गरि सूचना गर्ने तयारी भइ रहेको छ ।
कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँपालिका बासीलाई सुरक्षीत राख्न बाध्य भएर सिल गरिएको बताउँदैै प्रमुख भुजेलले सबैलाई अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेको बताए ।
निर्देशनकोे पालना नगर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने उनले बताए ।
बुद्धशान्तिमा पछिल्लो दुई दिनमा मात्र १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको खबर प्राप्त भएको थियो ।



