‘समाचार र विचारको
साझा चौतारी’






आर्सनलले युवा मिडफिल्डर अल्बर्ट भित्र्यायो


साउन ५, २०७८

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले युवा मिडफिल्डर अल्बर्ट साम्बी लोकोन्गालाई अनुबन्धित गरेको छ । आर्सनलले बेल्जियन क्लब एण्डरलेक्टबाट अल्बर्टलाई ५ वर्षको लागि अनुबन्ध गरेको हो ।

सम्झौता अनुसार २१ वर्षीय मिडफिल्डर २०२६ सम्म आर्सनलमा रहने छन् । एण्डरलेक्टको एकेडेमीमा हुर्किएका अल्बर्टले सन् २०१७ मा सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले एण्डरलेक्टका लागि ६९ खेलमा ३ गोल गरेका छन् ।

अल्बर्ट बेल्जियमको उमेर समूह यु–१७, यु–१९ र यू–२१ टोलीबाट प्रतिनिधित्व गरिसकेका छन् । उनले यु–२१ टोलीबाट ६ खेलमा २ गोल गरेका छन् । उनलाई गत मार्चमा बेल्जियमको सिनियर टोलीको प्रशिक्षणमा डाँकिएको थियो ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्