‘समाचार र विचारको
साझा चौतारी’






झापाको धुलाबारी स्वास्थ्य केन्द्र— पहुँच भए पालो पर्खनु पर्दैन, सानालाई सास्ती ठूलालाई आराम !


 

५ साउन २०७८
चौतारी पोष्ट अनलाइन
धुलाबारी । झापाको धुलाबारीमा रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्र सेवा लिन जाने सेवाग्राहीलाई विभेदपूर्ण व्यवहार गर्छ भन्ने प्रष्ट हुन थालेको छ । मेचीनगर नगरपालिका वडा नं १० धुलाबारीमा रहेको यो स्वास्थ्य सेवा केन्द्रमा सेवा लिन जाने भुँई मान्छेहरुका लागि सास्ती जस्तै बनको छ भने पहुँचवालाहरुका लागि आराम बनेको छ । ‘पर्ख र जाउ ’ अर्थात पालोमा जानु पर्ने देखावटी नियम यो स्वास्थ्य केन्द्रमा लागू गरे जस्तो भएको छ । केन्द्रमा सेवा लिन जाने बिमारी वा बिमारीका मान्छेलाई लाइनमा बस्नु पर्छ भनिन्छ र बसाईन्छ पनि तर पहुँचवाला र केन्द्रमा कार्यरत कर्मचारीहरुका चिनजानका मान्छेलाई भने लाइनको कुनै नियमनै लाग्दैन ।

मंगलबार केन्द्रको औषधि स्टोरमा कार्यरत रेवती खनालले उनकै कार्यकक्षमा चिनजानका एक मान्छेलाई औषधिको सिफारिस गरिरहेकी थिइन् त्यही बेला अर्का सेवाग्रही पनि त्यहाँ पुगेर उनले पनि सोही प्रकृतिको सिफारिस लेख्न अनुरोध गरे तर उनले यो औषधिको स्टोर हो भनेर जवाफ दिइन् ।सेवाग्राहीले उनलाई आफु भन्दा अघिका मान्छेलाई औषधि लेखिदिन मिल्ने आफुलाई किन नमिल्ने भनि प्रश्न गर्दा उनले कुरा टार्ने प्रयास गरिन् तर ती सेवाग्राही कसैलाई स्टोरबाट औषधिको सिफारिस गर्न मिल्ने कसैलाई न मिल्ने भने पछि उनी अलमल्ल भइन् ।यो त त्यहाँको एउटा सामान्य उदाहरण मात्र हो, मेचीनगर नगरपालिकाको एउटै मात्र स्वास्थ्य विमाको समेत सिफारिस हुने यस स्वास्थ्य केन्द्रमा कोही सेवाग्राहीले घण्टौ सम्म पालो पर्खनु पर्छ भने चिनजान र पहुँच भएकाहरुको काम भित्रभित्रैबाट हुने गरेको भुक्तभोगीहरु बताउँछन् । यसका अलवा यो स्वास्थ्य केन्द्रमा मेचीनगर नगरपालिका भरिका बिमारीहरुको उपचारका लागि स्वास्थ्य विमाको सिफारिस लिन मेचीनगरको उत्तरी सीमा जिल्ला इलाम छेउका समेत सेवाग्राही आउनु पर्ने बाध्यता छ तर उपचारका लागि सिफारिस गर्ने लाइनमा घण्टौ बस्दा समेत पालो पर्खदा समय सकियो भोली आउनु भनेर धेरै पटक आफु फर्किएको एक सेवाग्राहीले चौतारी पोष्ट अनलाइनलाई बताए ।

पालो छिटो आउँछ भनेर बिहानै स्वास्थ्य केन्द्र पुगेका सेवाग्राहीको भन्दा चिनजान र पहुँचका भरमा पछि पुग्नेहरुको काम हुने गरेको अर्का भुक्तभोगी बताउँछन् । समयमा केन्द्रका कर्मचारीहरु नआउने र सधै जस्तो एक जना मात्र डाक्टरले धेरै बिमारी हेर्नु पर्नाले पनि यस केन्द्रमा पुगेका सेवाग्राही सेवा भन्दा सास्ती भोग्न विवश देखिन्छन् ।
हाम्रा संवादाता बिहानको ११ बजे त्यहाँ पुग्दा केन्द्रले दिएको सेवा भन्दा सास्ती भोगेको गुनासो गर्नेहरु धेरै थिए । बिमारी हेर्ने र अन्य अस्पतालमा रिफर लेख्ने डाक्टर समेत एक जना मात्र थिए भने भिडियो एक्स्रे गर्नेको लाइन मात्रै थियो ।उता विभिन्न प्रकारका रोगीहरुले नियमित सेवन गर्नु पर्ने औषधिको सेवा दिन राखिएको टेबल पनि खालीनै देखिन्थ्यो । कोरोना कहरको यो समयमा स्वास्थ्य सेवा दिने ठाउँलाई संवेदनशिल मानिन्छ तर यहाँ कुनै त्यस्तो सर्तकता समेत देखिएन ।

 

प्रतिकृया दिनुहोस्