‘समाचार र विचारको
साझा चौतारी’






भिनि बेच्ने योजना छैन – रियल


साउन ६, २०७८

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले आफ्नो ब्राजिली युवा विंगर भिनिसियस जुनियरलाई बेच्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । भिनिसियस पछिल्लो समय इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फ्रान्सेली केलियन एमबाप्पे अनुबन्धको लागि रियलले भिनिसियससँगै राफउल भरान लगायतका केही खेलाडीहरुलाई बेच्ने योजना बनाएको समाचार छापिएको थियो । रियल एमबाप्पे अनुबन्धको लागि आवश्यक रकम जुटाउन खोजिरहेका छन् । यद्धपि रियलले एमबाप्पेलाई अर्काे समरमा मात्रै अनुबन्ध गर्ने सम्भावना छ ।

युनाइटेडले २१ वर्षीय भिनिसियसको लागि पनि मोटो रकम खर्चने लागेको र बर्नबेउमा कोही पनि भिनिलाई हेर्न नचाहेको भन्ने समाचार बाहिरिएको थियो । तर, यसमा कुनै सत्यता नरहेको रियलले स्पष्ट पारेको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज उनीबाट मोहित छन् । उनी विश्वास गर्दछन् कि उनी विश्वको सर्वश्रेष्ठ खेलाडीमध्ये एक हुनेछन् ।

प्रशिक्षक कार्लाे एन्सेलोटीले पनि भिनिसियसलाई अर्काे एक सिजन क्लबमै चाहेका छन् । यो पनि थपिएको छ । रियलमा युरोप बाहिरको खेलाडीको प्रतिस्पर्धाको लागि रियलले कम्तीमा पनि ६० मिलियन पाउन्डको प्रस्ताव आएको खण्डमा विचार गर्न बाध्य हुन सक्नेछ । भिनि, रोड्रिगो, इडर मिलिसाओ र ताकेफुसा कुवोमध्ये एक खेलाडी यो सिजन टोलीबाट बाहिरिनेछन् ।

अघिल्लो सिजनको प्रदर्शनको आधारमा कुवो नै लोनमा बाहिर जाने सम्भावना छ । तर, रियल आफ्ना युवा प्रतिभालाई गुमाउन चहादैनन् । अब युनाइटेडले भिनिसियसको लागि यो मोटो रकमको प्रस्ताव ल्याउन कठिन छ । किनकि रेड डेभिलले जेडान सान्चोको लागि ७३ मिलियन पाउन्ढ खर्चने योजना बनाइरहेको छ । त्यसैले केही समयको लागि युनाइटेड अर्का विंगरको लागि यति धेरै मोटो रकम खर्चन चाहदैनन् ।

भिनिसियस २०१८ मा ब्राजिली क्लब फ्लामेङ्गोबाट ४६ मिलियन युरोमा रियलमा आबद्ध भएका थिए । केही समय रियलको ‘बी’ टिम क्यास्टिलामा बिताएपछि उनी सिधै रियलको सिनियर टोलीमा आएका थिए । उनले रियलबाट तीन सिजनमा ११८ खेल खेल्दा १६ गोल गरेका छन् ।hamrokhelkud/from

प्रतिकृया दिनुहोस्