खेलकुद

पीएसजीलाई हराउँदै लिल च्याम्पियन

साउन १८, २०७८

एजेन्सी – साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै लिल फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) को च्याम्पियन बनेको छ ।

पीएसजीलाई १–० ले पराजित गर्दै फ्रान्सेली लिग वान च्याम्पियन लिल च्याम्पियन बनेको हो ।ब्लुमफिल्ड स्टेडियम तेल अभिभ याफा इजरायलमा आइतबार राति भएको खेलमा लिललाई च्याम्पियन बनाउन पोर्चुगिज मिडफिल्डर छेकाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले ४५औं मिनेटमा बुराक यिल्माजको पासमा गोल गरेका थिए । बल पोसेसनमा बलियो पकड बनाएपनि पीएसजी फिनिसिङमा चुक्दा उपाधिबाट वञ्चित हुन पुग्यो । पीएसजी आफ्नो मुख्य फरवार्डद्धय केलियन एमबाप्पे र नेयमारविनै मैदान उत्रिएको थियो ।

जुलियन ड्राक्सलर मोउरो इकार्डी र अर्नाउड कालीमुन्डो मुइनगाले पीएसजीको अग्रपङ्ति सम्हालेपनि उनीहरुले लिलको बलियो रक्षापङ्ति तोड्न सकेनन् । नेयमार छुट्टीमै रहँदा एमबाप्पे टोलीको प्रशिक्षणमा रहेपनि प्रशिक्षक मौरिसियो पोचेटिनोले २३ सदस्यीय टोलीमा समेटेनन् ।

चोटका कारण यसै समरमा पीएसजी पुगेका सर्जियो रामोस पनि टोलीमा थिएनन् । यसै समरमा इटालियन क्लब इन्टर मिलानबाट पीएसजी पुगेका अचरफ हाकिमीले पहिलो रोजाईमा मौका पाउँदा अर्का नेयाँ खेलाडी जर्जिन्हो वाइनाल्डमले दोस्रो हाफमा १९ मिनेट मैदान बिताएका थिए । लिलले भने आफ्नो पहिलो रोजाईकै टोलीलाई मैदानमा उतारेको थियो ।

लिलको यो पहिलो उपाधि हो । सर्वाधिक सफल पीएसजीले १० पटक फ्रान्सेली सुपर कपको उपाधि जितेको छ । पीएसजी सन् २०१३ देखि सन् २०२० सम्म लगातार च्याम्पियन बनेको थियो । तर पीएसजीले यसपटक उपाधि रक्षा गर्न सकेनन् ।

फ्रान्सेली लिग वान च्याम्पियन र कप डि फ्रान्सको च्याम्पियनबीच फ्रान्सेली सुपर कप (ट्रफी डेस च्याम्पियन्स) खेल्ने प्रावधान छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button