खेलकुद

अर्जेन्टिनी मिडफिल्डर एट्लेटिकोमा अनुबन्धित

साउन १९, २०७८
एजेन्सी – कोपा अमेरिका कप विजेता अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पउल स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्धित भएका छन् ।

एट्लेटिकोले रोड्रिगोलाई इटालियन क्लब उडिनेसबाट गत जुलाईमै अनुबन्ध गरेपनि सोमबार मात्रै क्लबमा सार्वजनिक गरेको हो । २७ वर्षीय रोड्रिगोलाई एट्लेटिकोले कोपाको च्याम्पियन बनेको एक दिनपछि नै ३५ मिलियन पाउन्डमा ५ वर्षको लागि सम्झौता गरेका थिए । उनी सन् २०२६ सम्म एट्लेटिकोमा रहनेछन् ।

एट्लेटिकोमा अनुबन्ध भएपछि रोड्रिगोले प्रशिक्षक डिएगो सिमिओनसँग काम गर्न पाउँदा खुशी लागेको बताएका छन् । ‘म प्रशिक्षक सिमिओनसँग काम गर्न पाउँदा धेरै खुशी छु । उनी एक सर्वश्रेष्ठ प्रशिक्षक हुन् । म फुटबल मन पराउँछु । उनीसँग प्रशिक्षण गराउने विशेष क्षमता छ ।’ रोड्रिगोले भने ।

उनी सन् २०१६ पछि स्पेनमा फर्किएका हुन् । रोड्रिगो सन् २०१६ मा स्पेनिस क्लब भ्यालेन्सियाबाट उडिनेस पुगेका थिए । उनले भ्यालेन्सियामै रहँदा लोनमा केही समय आफ्ना पुर्व क्लब रेसिङमा बिताएका थिए ।

उडिनेसमा ५ सिजन बिताउँदा रोड्रिगोले १८४ खेलमा ३४ गोल गर्नुका साथै ३६ असिस्ट दिएका छन् । सन् २०१८ देखि राष्ट्रिय टोलीमा रहेका रोड्रिगोले २९ क्याप जित्दा एक गोल गरेका छन् ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button