मूल खबर

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

१९ श्रावण २०७८

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ ।

यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ ।सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शुरुमै (एमाले) सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिनुभएको थियो ।

एमालेले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ ।सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लागाउनुभयो ।उहाँले दोषी भारतीय एसएसबीलाई मानवीय अपराध गरेको अभियोगमा कारवाही हुनुपर्ने माग गर्नुभयो ।newsofnepa/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button