
काठमाडौं- सर्वाेच्च अदालतले सामाजिक सुरक्षा काेषमा अनिवार्य सूचीकृत हुने व्यवस्था कार्यान्वयन नगर्न आदेश दिएको छ।
सर्वाेच्चले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था तत्काल कार्यान्यवन नगर्न मंगलबार अन्तरिम आदेश जारी गरेकाे हो।
न्यायाधीशहरू अनिल कुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले २२ वटा बैंकका कर्मचारी र युनियनले मागेको अन्तरिम आदेश जारी हुने ठहर गरेकाे छ।
चार दिनको निरन्तरको सुनुवाइपछि अदालतले कर्मचारीको पक्षमा अन्तरिम आदेश दिएको हो। बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषलाई स्वेच्छिक बनाउनु पर्ने माग राखेका थिए।








