मूल खबर

धरहरामा कोरोना बिरुद्धको सन्देश लाइट प्रोजेक्सन

Photo of Ratopati News२४ श्रावण २०७८

बिशु गुरुङ/ ललितपुर । नेपालमा पहिलो पटक लाइट प्रोजेक्सनद्वारा धरहरामा ‘नेपाल मास्क अभियानको सन्देश ‘म जिम्मेवार नेपाली ’ अभियानको लाइटबाट प्रोजेक्सन गरेको छ ।

युएईको बुर्ज खलिफामा जस्तै नेपालमा पनि धरहरामा पहिलो पटक सन्देश मुलक लाइट प्रोजेक्सन गरिएको हो । युएईको बुर्ज खलिफामा विभिन्न देशका विशेष दिनको अवसरमा देशका झण्डा र सेलिब्रेटीका तस्वीर देखाइने गरिन्छ । गतवर्ष गणतन्त्र दिवसको दिन बुर्ज खलिफामा नेपालको झण्डा प्रदर्शन गरिएको थियो ।

लाइट प्रोजेक्सनको विश्व इतिहासलाई हेर्दा यस्तो कला संसारका प्रमुख पर्यटन स्थलहरूमा देखाउन थालेको करिब ६५ वर्ष भयो। सन् १९५२ मा पहिलोपटक फ्रान्समा प्रदर्शन भएको मानिन्छ। त्यसपछि १९६० दशकको सुरुबाट इजिप्टको गिजा पिरामिडमा पनि प्रदर्शन हुन थालेको इतिहास थियो।

अब नेपालमा पनि बुर्ज खलिफामा जस्तै धरहरामा रंगिन लाइट प्रोजेक्सनको शुरुवात भएको छ र आउने समयमा विभिन्न सन्देशमुलक बिषयमा लाइट प्रोजेक्सन गरिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button