खेलकुद

च्याम्पियन लिल हारबाट जोगियो

साउन २५, २०७८

एजेन्सी – गत सिजनको विजेता लिल फ्रान्सेली लिग वानको पहिलो खेलमै हारबाट जोगिएको छ । इन्ज्युरी समयमा बुराक यिल्माजले गोल गरेपछि लिल १० खेलाडीमा समेटिएको मेट्जसँगको हारबाट जोगिएको हो ।

मेट्जमा आइतबार राति भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको थियो । घरेलु टोली मेट्जका फावियन सेन्टोन्जीले दुई तथा म्याथिउ युडोलले गोल गर्दा लिलका स्भेन बोटमन, जोनाथन र बुराक यिल्माजले गोल गरे ।

खेलको २३औं मिनेटमा स्भेन बोटमनको गोलबाट लिलले अग्रता लिएको थियो । उनले युसुफ याजिसीको पासमा गोल गरेका थिए । ३१औैं मिनेटमा फाविएन सेन्टोन्जीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले थोमस डिलाइनेको पासमा गोल गरेका थिए । ४१औं मिनेटमा म्याथिउ युडोलले इब्राहिमा निएनको पासमा गोल गरेपछि मेट्जले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

५२औं मिनेटमा थोमस डिलाइनेको पासमा म्याथिउ युडोलले व्यत्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै मेट्जलाई ३–१ को सहज स्थितिमा अघि बढाए । ५६औं मिनेटमा किकि कोउयाटे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि मेट्ज समस्यामा पर्दा त्यसको फाइदा लिलले उठाउन सफल हुदा हारबाट जोगिन सफल भयो ।

५९औं मिनेटमा बेन्जामिन एन्ड्रीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ८१औं मिनेटमा जोनाथनले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याउँदै लिललाई खेलमा फर्कने संकेत दिए । इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा बुराक यिल्माजले गोल गर्दै लिललाई ३–३ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । यो बराबरीसँगै दुवै टोलीले समान एक अंक जोडेका छन् ।hamrokhelkud/from

अन्य नतिजा
रेन्नेसविरुद्ध लेन्स (१–१)
बोर्डेअक्सविरुद्ध क्लेरमोन्ट फुट (०–२)
निसविरुद्ध रेइम्स (०–०)
सेन्ट इटिएनविरुद्ध लोरिएन्ट (१–१)
स्टार्सवर्गविरुद्ध एन्जर्स (०–२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button