
२०७८, साउन २७
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन्।
राजीनामा बुझाउनका लागि मुख्यमन्त्री पोखरेलले अहिले प्रदेश प्रमुख अमिक शेरचनको कार्यलयमा रहेको एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीको राजीनामाबारे केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउन लागेको बताएका छन् ।
लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाईएको छ। अधिवेशनमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ। विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १८ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिसकेका छन् ।झिल्को डटकम



