खबर

माओवादी केन्द्र झापा धमाधम कमिटी पुनर्गठनमा

२८ साउन २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । तीब्रता दिएको छ ।माओवादी केन्द्रको केन्द्रीय कमिटीले साउन मसान्तसम्म वडा कमिटी पुनर्गठन गर्न निर्देशन दिएसँगै झापाका १५ वटै पालिकाका वडाहरुमा पुनर्गठन गर्ने अभियान तीब्र पारिएको माओवादी केन्द्र झापाका संयोजक मणिकुमार साम्पाङले जानकारी दिए ।

झापामा १३१ वडा कमिटी गठन हुँदै गरेको संयोजक साम्पाङ्गले चौतारी पोष्ट अनलाइनलाई बताए । साउन २९ गतेसम्ममा कमिटी गठन गरी सक्ने र साउन ३० गतेको केन्द्रीय बैठकमा संगठनात्मक विवरण प्रस्तुत गर्नेगरी कार्ययोजना अघि बढिरहेको पनिउनले बताए ।

झापामा वडा कमिटी पुनर्गठन ७० प्रतिशत सम्पन्न भएको छ । अध्यक्ष, सचिवसहित २९ सदस्यीय वडा कमिटी पुनर्गठन हुँदै गरेको उनको भनाई छ ।

हाल बिर्तामोड, अर्जुनधारा, भद्रपुर, कनकाई, दमक, शिवसताक्षी, हल्दिवारी, मेचीनगर, बुद्धशान्ति, हल्दिबारी, झापालगायत झापाका १५ वटै स्थानीय तहमा कमिटी पुनर्गठन धमाधम भइरहेको छ ।

माओवादीको वडा पुनर्गठन अभियान अन्तर्गत बुधबार मेचीनगर वडा नं। ६ कमिटीले पूणर्ता पाएको छ । काँकरभिट्टाको सामुदायिक भवनमा आयोजित कार्यक्रमका बीच वडा नं। ६ कमिटीको अध्यक्षमा ओम कार्की चयन भएका छन् ।

२९ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा हर्कमाया बस्नेत, सचिवमा खड्गमान गुरुङ तथा सदस्यमा भीम संग्रौला, टेक आचार्य, इन्दिरा रसाइली, रघु खनाल, यामप्रसाद ढुंगेल, लिला अधिकारी, पदम खनाल, मोति बजगाईं, इन्द्र भट्टराई, कुमार पाठक, रीता तामाङ छन् ।

यस्तै, सदस्यमा गणेश गुरुङ, रविन प्रधान, विष्णु बोहोरा, भीमप्रसाद नेपाल, मातृका बस्नेत, अभिषेक दवाडी, अभिजित दवाडी, मानबहादुर गिरी ९धु्रव०, रीता तामाङ चयन भएका छन्। बाँकी सदस्य पछि थप गरिने जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माओवादीका जिल्ला सचिवालय सदस्य प्रकाश भण्डारीले पार्टीलाई सशक्त ढंगबाट अघि बढाउनु पर्नेमा जोड दिए । उनले पार्टीलाई थप चलायमान बनाउन तल्लो स्तरबाटै लाग्नुपर्ने बतए ।

वाइसीएलका झापा संयोजक दधिराम रिमालले रुपान्तरित तरिकाबाट अघि बढ्न सकियो भने मात्रै पाटी दह्रो बन्ने बताए ।

माओवादी केन्द्र मेचीनगर संयोजक पुष्प गुरागाईंले माओवादीहरु फेरि जनताको सेवामा लागेको हुनाले इमान्दार भएर नेता तथा कार्यकर्ता सक्रिय रुपमा लाग्न आह्वान गरे ।

नेता ज्ञानेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रिमा खरेल तथा सञ्चालन ओम कार्कीले गरेका थिए । कार्यक्रममा नगर संयोजन समितिका सदस्य राजन चिमरिया, राजु दाहाल, वाइसएल प्रदेश सदस्य प्रेम ल्वागुन, खगेन्द्र राजवंशी, मेचीनगर अध्यक्ष विनोद मण्डल, विकास थापा, डिल्ली सिवाकोटी, सञ्जय लामा लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button