
साउन ३०, २०७८
एजेन्सी – अघिल्लो सिजनको समेत सर्वाधिक गोलकर्ता रहेका पोेलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि साविकको विजेता बायर्न म्युनिख जर्मन बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमै बराबरीमा रोकिएको छ ।
बायर्नले बोरुसिया मोन्चेनग्लाडवाकसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बायर्नले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काउन सफल भएको हो । बोरुसिया पार्कमा शुक्रबार राति भएको खेलम घरेलु टोलीले खेलको १०औं मिनेटमा एलासने प्लेयाको गोलबाट अग्रता लिएको थियो ।
उनले लार्स स्टिनडिलको पासमा गोल गरेका थिए । तर मोन्चेनग्लाडवाकले त्यो अग्रतालाई पहिलो हाफमै जोगाउन सकेन । ४२औं मिनेटमा अघिल्लो सिजनको सर्वाधिक गोलकर्ता समेत रहेका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले योसुवा किम्मिखको पासमा गोल गरेका थिए ।
बल पोसेसनमा बलियो पकड बनाउँदै १६ भन्दा बढी अवसर सिर्जना गरेपनि बायर्नले मोन्चेनग्लाडवाकको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा नयाँ सिजनको पहिलो खेलमा नै बराबरीमा रोकिन बाध्य बन्यो । बराबरीपछि दुवै टोलीले समान १ अंक जोडेका छन् ।
बुन्डेसलिगामा आज (शनिबार) विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ ।hamrokhelkud/from



