मूल खबर

अमेरिकी स्वार्थमा आक्रमण भए त्यसको तीव्र तथा सशक्त जवाफ फर्काइने तलिबानलाई चेतावनी

२०७८, साउन ३१ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा अमेरकी स्वार्थमा आक्रमण भए त्यसको तीव्र तथा सशक्त जवाफ फकाईने तलिबानलाई चेतावनी दिएका छन् ।

५ हजार अमेरिकी सेना अमेरिकी सेना पु¥याउन लागिएको जनाउँदै अमेरिकी राष्ट्रपति बाइडनले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले शनिबार अपराह्न जारी गरेको विज्ञप्तिमा बाइडनले अफगानिस्तानमा ५ हजारको संख्यामा अमेरिकी सेना पु¥याउन आदेश दिएका हुन् । केही दिन अघि बाइडनले त्यहाँ अमेरिकी सेनाको संख्या ३ हजार पु¥याउने बताएका थिए ।

सबै अमेरकीहरूलाई अफगानिस्तानबाट तत्काल फर्किन आह्वान गर्दै काबुलस्थित अमेरिकी दूतावासमा कर्मचारी कटौती गर्ने बताएका थिए ।
बाइडनले तलिबान नेताहरूलाई कतारस्थित शान्तिवार्तामा आउन आग्रह गरे । यसको साटो अमेरिकी व्यक्ति वा अमेरिकी अभियानलाई जोखिम हुने गरी कुनै काम भए त्यसको जवाफ अमेरिकी सेनाले तीव्र तथा सशक्त जवाफ फर्काउने बाइडनले जनाए ।

राजधानी काबुलमा अमेरिी समर्थक राष्ट्रपति असरफ गानीले अफगानिस्तानका धेरै शहरहरूलाई तलिबानी लडाकुहरूले कब्जा गरिसकेको भएपनि समर्पण गर्न अस्वीकार गरेका छन् ।

बाइडनले अमेरिकी विदेशमन्त्री टोनी ब्लिन्केनलाई राष्ट्रपति गानीलाई थप रक्तपातपूर्ण रोक्दै समर्थन गर्न र राजनीतिक व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

तर यो समर्पण बाहेक अन्य के विषयमा समर्थन गरिने भन्ने कुरो अझ खुलिसकेको छैन् ।

बाइडनले अफगानिस्तानमा अमेरिकी सेना अझ राख्नु पर्ने प्रस्तावलाई खारेज गरेका छन् । उनले भनेका छन्“ एक वर्ष वा पाँच वर्ष अमेरिकी सेना अफगानिस्तानको अर्थ हुँदैन यदि अफगानी सेनाले आफ्नो वर्चस्व देशमा बनाएर राख्ने सक्दैन् ।”झिल्को डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button