खबर

ख्रीष्टियन मिडियाकर्मीको क्षमता विकास गर्न पाँच दिने निशुल्क तालिम

काठमाण्डौँ । मिडियाप्रति रुची भएका साथै मिडियामा कार्यरत मिडियाकर्मीहरूको क्षमता विकास गर्ने उदेश्यले ५ दिने ग्राफिक डिजाइन तथा वेबसाइट अपडेटको निशुल्क तालिम सम्पन्न भएको छ ।

पछिल्लो अवस्थामा विश्व डिजटल युगमा प्रवेश गरेका कारण अनलाईन सञ्चार माध्यममा वेबसाइटमा कसरी समाचार तथा लेखरचनाका सामाग्री, विज्ञापन र फोटो पोष्ट गर्ने र लेआउट सज्जाको तरिकाहरूका वारेमा ६५ देखि ७० जनालाई तालिम दिइएको छ।

ख्रीष्टियन मिडिया सोसाइटीले भर्चुल जुम माध्यमको प्रयोग गरी आयोजना गरिएको सो तालिम साउन २५ गतेबाट सुरु भइ २९ गते समापन भएको थियो ।

आधारभुत तालिममा प्रशिक्षक राजेन्द्र तिमोथीले ग्राफिक डिजाइनमा फोटोसपबाट प्रमाणपत्र, आइडी कार्ड डिजाइन लगायतका फोटो सम्पादन गर्न आधारभुत प्रशिक्षण दिनुभएको थियो भने प्रशिक्षक सञ्जय बर्माले अनलाईन सञ्चार माध्यममा कसरी समाचार तथा लेखरचनाका सामाग्री, विज्ञापन र फोटो पोष्ट गर्ने र लेआउट सज्जाको तरिकाहरूका वारेमा प्रशिक्षण दिनुभएको थियो।

सीएमएसका अध्यक्ष सुमित नेपालीले मिडियाप्रति रुची भएका व्यक्तिको क्षमता विकास गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा सोसाइटीले सधै श्रमजीवी पत्रकारहरूको पक्षमा रहेर विभिन्न तालिमहरू लगायतका पत्रकारको हितमा केन्द्रित योजनाको निर्माण र कार्यान्वयन गर्ने तयारी गरेको बताउनु भयो ।

वि.सं. २०७३ सालमा स्थापना भएको ख्रीष्टियन मिडिया सोसाइटीले ख्रीष्टियन समुदायको आवाज उठान गर्न, ख्रीष्टियन मिडियालाई सशक्त बनाउन र देशभरि कार्यरत ख्रीष्टियन सञ्चारकर्मीहरूलाई संगठित गर्न उदेश्य लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button