भदौ १, २०७८
एजेन्सी – स्पेनिस ला लिगामा भिल्लारियल र एथलेटिको बिल्वाओ बराबरीमा रोकिएका छन् । १० खेलाडीमा रोकिएको भिल्लारियल ग्रानडासँग गोलरहित बराबरीमा रोकिदा बिल्वाओलाई इल्चेले गोलरहित बराबरीमा रोकेको हो ।
घरेलु मैदानमा बल पोसेसनमा पकड बनाएपनि भिल्लारियलले ग्रानडाको रक्षापङ्ति चिर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । खेलको तेस्रो मिनेटमा नै एइसा मेन्दीको हेडर सदुपयोग नहुदा भिल्लारियलले अग्रता लिन सकेन ।
११औं मिनेटमा लुइस सुआरेजको प्रहार बाहिरिदा ग्रानडा अग्रता लिनबाट चुक्यो । भिल्लारियलले १४ बढी आक्रमण बुनेपनि सफल हुन सकेन । ८२औं मिनेटमा जुआन फोयथ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली भिल्लारियल १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो । ग्रानडाले काउन्टर अट्याकमा केही प्रयास गरेपनि सफल हुन सकेन । बराबरीपछि ग्रानडा १३औं तथा भिल्लारियल १५औं स्थानमा रहेको छ ।
यस्तै अर्काे खेलमा इल्चेले घरेलु मैदानमा एथलेटिको बिल्वाओलाई गोलरहित बराबरीमा रोक्दै अंक लिन सफल भएको छ । बिल्वाओलाई घरेलु टोली इल्चेले कडा चुनौती दिएको थियो । दुवै टोलीले केही आक्रमण बुनेपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा टुंगियो ।
बराबरीपछि बिल्वाओ १०औं तथा इल्चे ११औं स्थानमा छ ।hamrokhelkud/from



