१ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
ललितपुर ।
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ५६५ जनाको पीसीआर परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१८ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएको पनिमन्त्रालयले जानकारी दिएको छ ।



