
२ भाद्र २०७८
न्युज अफ नेपाल, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेकी हुन।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डरीले उक्त अध्यादेश जारी गरेको उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।



