खेलकुद

इटालियन स्टार लोकाटेली युभेन्ट्समा

भदौ ३, २०७८

एजेन्सी – युरो विजेता इटालीका स्टार मिडफिल्डर म्यानुयल लोकाटेली इटालियन महारथी युभेन्ट्समा अनुबन्धित भएका छन् । युभेन्ट्सले लोकाटेलीलाई ३२ मिलियन पाउन्डमा सिरी ‘ए’ प्रतिद्धन्द्धी सस्सुलोबाट ५ वर्षको लागि अनुबन्ध गरेको हो।

अब २३ वर्षीय युवा मिडफिल्डर सन् २०२६ सम्म युभेन्ट्समा रहनेछन् । लोकाट्लीले बुधबार नै युभेन्ट्सको प्रशिक्षण स्थलमै रहेको मेडिकलमा मेडिकल परिक्षण भइसकेको छ । लोकाटेलीले युभेन्ट्समा सुरुवाती दुई सिजन लोनामा खेल्नेछ। त्यसपछि मात्रै युभेन्ट्सले लोकाटेलीलाई स्थायी खेलाडी बनाउने सहमति भएको छ ।

लोकाटेली अनुबन्ध गर्न इंग्लिस क्लब आर्सनल र लिभरपुलले पनि चासो देखाएके थियो । युभेन्ट्सले सन् २०१२ पछि सिरी ‘ए’ को उपाधि गुमाउँदा गत सिजन चौथो स्थानमा रहेको थियो । सोही कारण पनि युभेन्ट्स बलियो टिम निर्माणमा जुटेको छ । युभेन्ट्सले आन्द्रे पिर्लाेलाई बर्खास्ती गर्दै अनुभवी प्रशिक्षक मासिमिलियानो एलेग्रीलाई प्रशिक्षक नियुक्त गरिसकेको छ । युभेन्ट्सले आइतबार उडिनेससँग खेल्दै नयाँ सिजनको इटालियन सिरी ‘ए’ सुरुवात गर्नेछ ।

सन् २०१८ मा एसी मिलान छाडेर सस्सुलो पुगेपछि लोकाटेली इटालीको उत्कृष्ट मिडफिल्डरको रुपमा उदाएका थिए । उनले सस्सुलोबाट ९९ खेल खेल्दा ७ गोल र ११ असिस्ट दिएका छन् । सस्सुलो पछिल्लो तीन सिजन नै शीर्ष ८ मा भित्र अटाउन सफल भएका छन् ।

लोकाटेलीले इटालीबाट १५ क्याप जितिसकेका छन् । गन जुलाईमा सकिएको युरोकपमा इटालीलाई च्याम्पियन बनाउँदा उनी टोलीका महत्वपुर्ण सदस्य थिए । उनले युरोमा ५ खेलमा २ गोल गरेका थिए ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button