मूल खबर

पार्टी भित्रै बसेर वैचारिक संघर्ष गर्ने कोइरालाको कथन

३ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा। नेकपा एमालेका केन्द्रीय सदस्य रवीन कोइरालाले पार्टी भित्रै बसेर अन्तर संघर्ष गर्ने बताएका छन् ।

नेकपा एमाले औपचारिकरुपमा विभाजन हुनुअघि केपी ओेली इतर समूहमा रहेका नेता कोइरालाले माधव नेपाल समूहलेनयाँ दल दर्ता गरे पछि भने पार्टी भित्रै रहेर आफ्ना विचार अभिब्यक्त गर्ने प्रतिक्रिया दिएका छन् ।

एमाले भित्र तत्कालिन अवस्थामा माधव–झलनाथ खेमामा रहेर पार्टीमा ओली प्रवृत्ति हावि भएको भन्दै अन्तरसंघर्षमा आँफुलाई सहभागी गराएका नेता कोइरालाले अन्ततः नजानिदौ पारामा माधव नेपालको साथ छाडेको बुझिएको छ ।

‘पार्टीमा फरक मत रहनु र अन्तर संघर्ष गर्नु फरक कुरा हो तर, पार्टीनै फुटाउने निर्णय मान्य हुनै सक्दैन’ कोइरालाको कथन छ –‘जे–जे गर्र्नु छ पार्टी भित्रै रहेर गरिन्छ ।’

नेकपा एमालेमा चर्किएको अन्तर विवादका कारण माधव नेपाल नेतृत्वको समूहले निर्वाचन आयोगमा बुधबार नेकपा एमाले )समाजवादी) नयाँ दल गठन गरेसँगै नेकपा एमाले औपचारिक रुपमा विभाजित भएको छ ।

पार्टी टुक्रिएसँगै ओली पक्ष र माधव पक्षमा रहेका नेताहरु यति बेला कुन पक्षमा खुल्ने भन्ने अन्यौलतासमेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button