खेलकुद

एट्लेटिकोलाई जिल्याउँदै राफा मिर सेभियामा

भदौ ४, २०७८

एजेन्सी – यस सिजनको खेलाडी सरुवा (समर ट्रान्सफर) को समयावधि सकिनै लाग्दा क्लबहरुले खेलाडी अनुबन्धलाई तीव्रता दिएका छन् । गत सिजनको ला लिगा च्याम्पियन एट्लेटिको म्याड्रिडमा अनुबन्ध नजिक पुगेका स्पेनिस फरवार्ड राफा मिरलाई सेभियाले अनुबन्ध गर्न सफल भएको छ ।

सेभियाले एट्लेटिकोलाई जिल्याउँदै २४ वर्षीय राफा मिरलाई इंग्लिस क्लब वल्भ्सबाट १६ मिलियन युरोमा ५ वर्षको लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । उनी सन् २०२६ सम्म सेभियामा रहनेछन् । ओल्मपिकमा स्पेनिस टोलीका लागि प्रभाव जमाएका मिरले पनि अन्तिम समयमा जुलियन लुपेटेगुईको सेभिया रोजे ।

सन् २०१८ मा स्पेनिस क्लब भ्यालेन्सियबाट वल्भ्स पुगेका राफाले वल्भ्समा २ खेल खेलेपछि लोनमा स्पेनिस क्लब लास पाल्मस नै फर्किएका थिए । त्यसपछि अर्काे सिजन उनी इंग्लिस च्याम्पियनसिप क्लब नथिङघम फरेस्टमा पुगेका थिए । केही समयपछि उनी हुएस्का पुगेका थिए ।

हुएस्का स्पेनको शीर्ष डिभिजनमा बढुवा हुँदा उनले उच्च प्रदर्शन गरेका थिए । गत सिजन पनि उनले स्पेनिस क्लब हुएस्काबाट लोनमा खेलेका थिए । गत सिजन हुएस्काबाट राफा मिरले ९ खेलमा १६ गोल गरेका थिए ।

सेभियाले एलाभेसका जोसेलुलाई अनुबन्ध गर्ने प्रयास गरेपनि सहमति जुट्न नसक्दा मिरलाई नजर लगाएको थियो । राफा मिरले टोकियो ओलम्पिक २०२० स्पेनको प्रतिनिधित्व गरेका थिए । स्पेन ओलम्पिकमा दोस्रो भएको थियो ।

सेभियाले यसअघि गोन्जालो मोन्टिएल र इरिक लमेलालाई अनुबन्ध गरिसकेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button